गृहमन्त्री थापाले ताताेपानी नाकाकाे निरीक्षण गरे

गृहमन्त्री रामबहादुर थापाले नेपाल–चीन सिमानामा पर्ने सिन्धुपाल्चोकको तातोपानीस्थित लार्चामा नवनिर्मित सुक्खा बन्दरगाह र सीमा पुल निरीक्षण गरेका छन् ।

गृहमन्त्री थापाले बन्द नाका चाँडै खुल्ने बताउँदै यहाँबाट हुने तस्करी तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । 

२०७२ काे भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउन पूर्वाधारको काम तीव्रगतिमा भइरहेको छ । अत्याधुनिक सुक्खा बन्दरगाहको काम सम्पन्न भइसकेको छ भने सीमापुलको काम पनि छिटफुटबाहेक प्रायः सम्पन्न भइसकेको छ ।

अरनिको राजमार्गको बसेरीदेखि सीमापुलसम्म चीन सरकार र त्यहाँदेखियता बाह्रबिसेसम्म सडक डिभिजन कार्यालय दोलखाद्वारा निर्माण भइरहेको इञ्जिनीयर प्रदीप निरौलाले बताए ।

उनका अनुसार बाह्रबिसेको खुर्सानीबारीस्थित साधिखोलामा गत भदौको बाढीले बगाएको पक्कीपुलको ठाउँमा बेलिब्रिज राख्ने काम सम्पन्न भइसकेको छ । रासस





  • प्रकाशित मिति : जेठ १२, २०७६ आइतबार ८:२१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया