प्रदेश ३ को नाम ‘गौरीशंकर’ राख्न सांसद एवं विज्ञको सुझाब

काठमाडौं– सांसद एवं विज्ञले प्रदेश ३ को नाम हिमालबाट ‘गौरीशंकर’ राख्न सुझाब दिएका छन् । यस्तो सुझाब दिनेमा नेपाल कम्युनिस्ट पार्टीका नेता एवं प्रदेश सांसद पशुपति चौलागाई, पूर्वमन्त्री गणेश शाह, प्रदेश सांसदद्वय विशाल खड्का र दीपेन्द्र श्रेष्ठ, डा. प्रदीप मैनालीलगायत छन् ।  

उनीहरूले शनिबार आयोजित एक कार्यक्रममा बोल्दै प्रदेशको अपनत्व र प्रतिनिधित्व हुने साझा नाम गौरीशंकर हुने सुझाब दिएका हुन् । यसअघि नै गत साता सांसद खड्काले प्रदेश सभामा सोसम्बन्धी प्रस्ताव दर्ता गराएका छन् । 

वरिष्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा एक समन्वय समिति गठन गरी कार्यान्वयन र सबै प्रदेशमा समन्वय गर्ने जिम्मेवारी दिइएको जानकारी कार्यक्रममा दिइयो ।

प्रस्तावक सांसद विशाल खड्काले गौरीशंकर नामाकरण गर्नुपर्ने आधार र कारण राखे भने काठमाडौंका प्रदेश सदस्य दीपेन्द्र श्रेष्ठले हिमालैहिमाल भएको प्रदेशमा हिमालबाटै नामाकरण हुनु उपयुक्त भएको बताए । 

त्यस्तै विज्ञ डा. मैनालीले गौरीशंकरको महिमा पशुपतिदेखि त्रिशूलीसम्म जोडिएको उल्लेख गर्दै पर्वत शृंखलाबाटै नामाकरण गर्नु उचित हुने बताए ।





  • प्रकाशित मिति : जेठ १२, २०७६ आइतबार १५:४५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया