‘विप्लव कार्यकर्ताले बम बनाउँदा बनाउँदै विस्फोट’
तस्वीर: दीपेन्द्र निराैला

काठमाडौं– आइतबार दिउँसो अनामनगर घट्टेकुलो र सुकेधारामा भएको विस्फोटमा परेर ३ जनाको मृत्यु भएको छ । केहीको अवस्था गम्भीर छ । प्रहरी स्रोतका अनुसार घटनामा परेका २ जनालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । अन्य दुई घाइतेको पनि उपचार भइरहेको छ । २ जनाको अवस्था गम्भीर भएको बताइएको छ । प्रहरीले मृत्यु हुने र घाइते हुनेको एकिन संख्या सार्वजनिक गरिसकेको छैन । 

विस्फोटपछि दुवै ठाउँमा प्रहरी र सेनाको टोली पुगेको छ । घट्टेकुलोमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहको पर्चा पनि भेटेको बताएको छ । 

फरक धारसँग कुरा गर्दै एक प्रहरी अधिकारीले भने, ‘विप्लव कार्यकर्ताले बम तयार गर्दागर्दै विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ 

दुवै ठाउँमा सिलिन्डर बम विस्फोट भएको प्रहरीले जनाएको छ । 

विप्लव समूहले १३ जेठमा आह्वान गरेको नेपाल बन्दको तयारीस्वरुप यी बमहरु तयार पार्न खोजिएको हुनसक्ने बुझिएको छ । तर, यसबारे विप्लव समूहले केही बताएको छैन । केही दिनअघि आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको प्रहरीको गोली लागेर उपचारका क्रममा मृत्यु भएपछि विप्लव समूहले १३ गते बन्दको आह्वान गरेको थियो ।

‘प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरिसकेको छ,’ ती प्रहरी अधिकारीले बताए, ‘विप्लव कार्यकर्ताको नै संलग्नता हो ।’



प्रहरीले यी दुई स्थानको विस्फोटसँगै काठमाडौं उपत्यकामा प्रहरीलाई हाइ अलर्टमा रहन पनि निर्देशन जारी गरेको छ । 



  • प्रकाशित मिति : जेठ १२, २०७६ आइतबार १८:३५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया