७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
दुर्घटनामा परेको जिप। तस्बिर: अर्घाखाँची प्रहरी

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।



खनदहतर्फ गइरहेको जिप आइतबार बिहान साढे तीन बजेतिर दुर्घटना भएको जानकारी प्रहरीले पाएको थियो । लगत्तै खनदहबाट प्रहरी टोली उद्धारमा खटिएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
अन्य २ जना घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।



जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।



  • प्रकाशित मिति : २४ चैत, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया