मोदीले ३० मेमा सपथ लिने

एजेन्सी– भारतीय जनता पार्टीका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ कार्यकालका लागि ३० मेमा सपथ लिने भएका छन् । भारतको राष्ट्रपति भवनमा ३० मेमा मोदीसँगै अन्य केन्द्रीय मन्त्रीले पनि सपथ लिने भएका हुन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले ट्विटरमा एउटा पोस्ट राख्दै यो जानकारी दिएका हुन् ।

भर्खरै सम्पन्न निर्वाचनमा प्रचण्ड बहुमत ल्याएका भारतीय जनता पार्टीको तर्फबाट शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति कोविन्दलाई भेटेर सरकार बनाउने दाबी पेश गरेका थिए । 

निर्वाचनमा भारतीय जनता पार्टीको गठबन्धन एनडिएले ३५२ सिटमा जित दर्ज गरेको छ । यसमध्ये भारतीय जनता पार्टी एक्लैले ३०३ स्थानमा जित हासिल गरेको छ । 

सरकार बनाउने दाबी पेश गरेलगत्तै मोदीले राष्ट्रपति भवनमा नै आफूहरुले जनादेशअनुसार काम गर्ने र जनादेश नै आफ्ना लागि सबैभन्दा ठूलो कुरा भएको बताएका थिए ।

यसपटक मोदीको सरकारका मन्त्रीमा नयाँ अनुहार देख्न सकिने विश्वास गरिएको छ । कतिपयले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि मन्त्री हुनसक्ने अनुमान गरेका छन् । तर, शाहले अध्यक्ष पदबाट तत्काल राजीनामा नदिने तर्कहरु पनि आएका छन् ।

मोदीको सपथ ग्रहणमा यसअघिको जस्तै विभिन्न देशका प्रमुखहरु बोलाइने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : जेठ १३, २०७६ साेमबार ८:५४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया