प्रचण्ड निवास जाने बाटोमा पनि बम !
साङ्केतिक तस्वीर ।

काठमाडौं– सोमबार विहानैबाट काठमाडौंका विभिन्न स्थानमा बम भेटिएको छ । नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्दले काठमाडौंको जनजीवन प्रभावित भएको छ । विभिन्न स्थानमा बम भेटिएसँगै काठमाडौं त्रसित बनेको छ ।

सोमबार विहान ललितपुरको टुटेपानीमा भन्ने ठाउँमा पनि बम भेटियो । सेनाले यो बमलाई डिस्पोज गरेको छ । यो ठाउँ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास जाने बाटोमा पर्छ । ललितपुरकै अन्य स्थानमा पनि विस्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएको छ । भैंसेपाटी, खुमलटारलगायतका स्थानमा भेटिएका बम पनि सेनाले निस्क्रिय पारेको छ । 





  • प्रकाशित मिति : जेठ १३, २०७६ साेमबार ९:१४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया