सपथ पहिले काशीमा पूजा गरे मोदीले

एजेन्सी– भारतमा नयाँ कार्यकालका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले ३० मेमा सपथ लिँदै छन् । त्यसअघि उनी सोमबार आफ्नो निर्वाचन क्षेत्र बनारस पुगेका छन् । उनले मतपरिणाम आएलगत्तै आफूलाई मत दिएको भन्दै काशीवासीलाई धन्यवाद पनि दिएका थिए । 

बनारसमा काशी विश्वनाथको मन्दिरमा उनले पूजा गरेका छन् । उनीसँगै भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि काशी पुगेका छन् ।

मोदीले त्यहाँ पूरै विधिविधान अनुसार नै भगवान शिवको पूजा गरेको भारतीय सन्चारमाध्यमले जनाएका छन् । उनीसँग मन्दिरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि पुगेका छन् । 

काशीको पूजा गर्नुभन्दा पहिले मोदीले आइतबार गुजरात पुगेर आमा हिराबेनको आर्शिवाद पनि लिएका थिए ।





  • प्रकाशित मिति : जेठ १३, २०७६ साेमबार ११:४५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया