६ फागुन, २०८२ बुधबार
Feb. 18, 2026

विश्वमै पहिलो पटक रोबोट हाफ-म्याराथन

विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन चीनको बेइजिङमा आयोजना गरिएको छ । जसलाई विश्वकै पहिलो मानवजस्तै रोबोट हाफ म्याराथन भनिएको छ । म्याराथनमा पहिलो पटक रोबोट र मानवले छुट्टाछुट्टै ट्र्याकमा आफूलाई प्रस्तुत गरेका थिए । प्रतियोगितामा चीनभरका टोलीहरूबाट जम्मा २० वटा मानवोइड रोबोटहरूले भाग लिएका थिए ।

२१ किलोमिटर लामो मार्गमा उनीहरू सहभागी भएका हुन् । उत्कृष्ट नतिजा प्राप्त गर्न, प्रत्येक टोलीले लामो दूरीको दौडको लागि आफ्नो रोबोटहरूमा धेरै मेहेनतका साथ सहभागिता जनाएका थिए । उक्त कार्यक्रमलाई आयोजकले केवल खेलकुद प्रतियोगिता मात्र नभइ मानवजस्तै रोबोटहरूको विश्वसनीयता, टिकाउपन र सुरक्षा जस्ता व्यापक क्षमताहरुको परीक्षणका रुपमा प्रस्तुत गरेको जनाएका छन् ।



ह्युमनोइड रोबोटहरूको लागि आठ  स्टेसनहरू पनि स्थापना गरिएको थियो । जहाँ रोबोटहरूलाई ब्याट्री परिवर्तन गर्न अनुमति प्रदान गरिएको थियो । सो क्रममा ‘अटियांगोङ अल्ट्रा’ ह्युमनोइड रोबोटले आठ किलोमिटर प्रति घण्टाको गतिमा म्याराथनको विजेता बनेको थियो । सीसीटीभीप्लस



 



  • प्रकाशित मिति : ६ वैशाख, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया