अब पढ्नै पर्ने सबै समाचार टाइम्स अफ नेपालमा

काठमाडौं– पछिल्लो समय नेपालमा अनलाइन सन्चारमाध्यम खुल्ने क्रम बढ्दो छ । यस्तो अवस्थामा कहिलेकांही त पाठकहरुलाई समस्या पनि पर्न सक्छ, कसको समाचार पत्याउने ? अझ केहीलाई लाग्दो हो– यति धेरै सन्चारमाध्यम छन्, कतिवटा पो हेर्ने ?

तर, सूचना प्रविधिको यस्तो द्रुत विकास भइरहेको यो समयमा यसरी चिन्ता लिनै पर्दैन । पाठकहरुलाई समस्या पर्न सक्ने विषयलाई ध्यानमा राख्दै जिनियस सिस्टमले नयाँ एप ल्याएको छ, टाइम्स अफ नेपाल । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वसनीय सन्चारमाध्यमलाई इन्टिग्रेट गरिएको यो एपमा पाठकलाई सहज होस् भनेर समाचारहरु विभिन्न क्यटोगोरीमा छुट्ट्याएर राखिएको छ । त्यसैले अब टाइम्स अफ नेपाल प्रयोग गर्दा कसैले पनि पछिल्ला घटनाबारेका समाचार छुटाउन पर्दैन ।

प्लेस्टोर र एपस्टोर दुवैबाट डाउनलोड गर्न मिल्ने टाइम्स अफ नेपाल एपमा समाचार पढ्न सहज तरिकाहरु छन् । प्रयोग गर्न सहज र उत्कृष्ट समाचार पोर्टलहरुलाई मात्र इन्टिग्रेट गरेकाले यो एपलाई प्लेस्टोरमा धेरैले फाइभ स्टार रेटिङ पनि दिएका छन् । एपमा नेपालका विश्वसनीय समाचार पोर्टलहरु अनलाइनखबर, सेतोपाटी, फरक धार, बाह्रखरी, बिबिसी, क्लिकमाण्डुलगायत २० भन्दा धेरै समाचार पोर्टलका समाचारहरु इन्टिग्रेट गरिएका छन् ।

विभिन्न सन्चारमाध्यमका समाचारहरु राखिएको मात्र होइन, यो एपमा प्रयोगकर्ता तथा पाठकलाई सहज होस् भनेर विभिन्न फिचरहरु समेटिएको छ । यी फिचरहरु निकै उपयोगी छन् । विभिन्न क्याटोगोरीका समाचारहरु पढ्न सहज हुने बनाइएकाले पनि यसले पाठकहरुलाई लोभ्याउँछ । टप न्युज, राजनीति, खेलकुद, सूचनाप्रविधि, विश्व, अर्थ, मनोरन्जन, स्वास्थ्यजस्ता छुट्टाछुट्टै क्याटोगोरी बनाएर एप डाउनलोड गरेका पाठकहरुलाई आफूले पढ्न चाहेको विषयमा सोझै पुग्न सकिने व्यवस्था एपमा छ ।

यतिमात्र होइन, प्रयोगकर्ताको आँखाको स्वास्थ्य र चाहनालाई ध्यानमा राख्दै यो एपमा डार्क थिम र लाइट थिम दुवै प्रयोगमा छन् । अनि एपलाई अंग्रेजी र नेपाली दुवै भाषामा प्रयोग गर्न मिल्छ । यसरी दुई थिम र दुई भाषामा एपलाई विकास गर्नुको एउटै कारण हो– प्रयोगकर्तालाई सहज होस् ।



झन्, सधैं पाठकलाई समाचार पढिहाल्ने फुर्सद नहुन सक्ने कुरालाई पनि एपले मध्यनजर गरेको छ । त्यसैले एपमा पछिका लागि समाचार सेभ गर्न मिल्ने विकल्प पनि दिइएको छ । यसरी सेभ गरिएका समाचार पछि पाठकले जुनसुकै समयमा पढ्न सक्छन् । यसो गर्दा लामा समाचार तथा फिचर, विचार तथा विश्लेषण छुटाउनु पर्दैन ।

यो एप यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिन्छ ।



  • प्रकाशित मिति : जेठ १४, २०७६ मंगलबार १५:५९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया