सुमात्रामा मात्र पाइने एकमात्र भाले गैंडाको निधन

एजेन्सी– लोपोन्मुख गैंडाको प्रजाती सुमात्रान गैंडाको भविष्य अब संकटमा परेको छ । मलेसियामा भएको यो प्रजातीको एक मात्र भाले गैंडाको निधन भएको त्यहाँका अधिकारीले बताएका छन् ।

कुनै समय यो गैंडा एसियाका विभिन्न ठाउँमा पाइन्थ्यो । तर, अहिले यो गैंडा सुमात्रा वरपर मात्र पाइने र ३० देखि एक सय वटामात्र यस्ता गैंडा हुनसक्ने अनुमान छ । 

त्यसमा पनि टाम नाम दिइएको अन्तिम भाले गैंडाको निधन सोमबार भएको बताइएको छ । अब मलेसियामा यही प्रजातीको पोथी गैंडा इमानमात्र रहेको बताइएको छ । 

सोमबार निधन भएको टाम चाहिँ ३० वर्षको भएको अनुमान थियो । टामलाई सन् २००८ देखि मलेसियाको आरक्ष केन्द्रमा राखिएको थियो । उसबाट सन्तान जन्माउने प्रयास गरिएको थियो तर ती दुवै प्रयास असफल भएका थिए ।

अहिले विश्वमा पाँच प्रजातीका गैंडा पाइन्छ । यीमध्ये तीन प्रजातीका गैंडा एसियामा पाइन्छ भने दुई प्रजातीका गैंडा अफ्रिकामा । 

टामको मृत्युको घोषणा गर्दै मलेसियन अधिकारीले टामको मृत्यु बुढो भएकाले हुनसक्ने अनुमान गरेका छन् । 





  • प्रकाशित मिति : जेठ १४, २०७६ मंगलबार २२:३९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया