गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट ४३४ कैदीको सजाय माफ

काठमाडाैं– गणतन्त्र दिवसकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३४  कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी छन् । 

मन्त्रिपरिषद्को सिफारिसमा ती कैदीलाई माफी दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

असल चालचलन भई कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिने गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।






  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार ८:११:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया