प्रधानमन्त्री ओलीलाई चाैंथाे विद्यावारिधी

काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिले सम्मान गर्ने भएको छ। यो उनको चौथो मानार्थ विद्यावारिधि हो। 

ओलीले आजै ११ बजे नेपाली सेनाको सानो भर्‍याङमा रहेको स्वास्थ्य विज्ञान संस्थानको भवनमा विद्यावारिधि ग्रहण गर्न लागेका हुन्।

यसभन्दा अघि सन् २०१० मा काठमाडौंमा ग्रिनफोर्ड विश्वविद्यालले उनलाई मानार्थ विद्यावारिधि दिएको थियो। त्यसपछि भारतको उत्तराखण्डस्थित पन्तनगरमा रहेको गोविन्द बल्लभ पंत कृषि तथा प्राद्धौगिक विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेकाे छ र कोस्टारिकाको शान्ति विश्वविद्यालयले नेपालमा शान्ति स्थापना र लोकतन्त्रमा योगदान पुर्‍याएकाे भन्दै मानार्थ विद्यावारिधि प्रदान गरेको थियो।

 





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १०:५७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया