गणतन्त्र आत्मातत्व हो : प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र आत्मातत्व भएको बताएका छन् । बुधबार गणतन्त्र दिवसका अवसरमा टुँडीखेलमा आयोजित विशेष कार्याक्रममा सम्वोधन गर्दै ओलीले गणतन्त्र आत्मात्व भएको बताएका हुन् । 

उनले भने, ‘मैले भन्दै आएको छु- गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै होइन, समग्र सामाजिक रुपान्तरणको व्यवस्था हो । ‘सर्वजन हितायः सर्वजन सुखायः’ हाम्रो गणतन्त्रको आत्मातत्व हो । त्यसैले जनताको अनुहार मलीन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं ।’  

प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताले आफ्नो शासक आफैं चुन्न पाउने र राम्रो काम नगर्नेलाई चुनावमा पराजित गर्न पाउने व्यवस्थाका रुपमा चित्रण गरे ।  

प्रधानमन्त्रीले जननिर्वाचित संस्थाहरुको मर्यादामा जोड दिए ।  प्रधानमन्त्रीले भने, ‘गणतन्त्रलाई संस्थागत गरी जनजीवनको सार्थक अभ्यासमा उतार्न गणतन्त्रका संस्था तथा अंगहरुको मर्यादा र सम्मान गरिनुपर्छ ।’

प्रधानमन्त्रीले गणतन्त्रलाई जनताको जीवनस्तर उकास्ने काममा अनुदित गर्न रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रम ल्याएको र उत्पादन वृद्धिमा जोड दिएको बताए । 


 





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १३:५३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया