प्रधानमन्त्री कार्यालयमा एक्सन रुम सञ्चालनमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालयमा एक्सन रुम सञ्चालनमा आएको छ । सो एक्सन रुम विकास आयोजनाको अनुगमन तथा मुख्यमन्त्रीहरुसँग विभिन्न विषयमा छलफलका लागि प्रयोग हुनेछ । 

बिहीबार उद्घाटन भएको उक्त एक्सन रुमबाट प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग राज्य सञ्चालनका विविध पक्षमा संक्षिप्त कुराकानी गरेका छन् । उनले एक्सन रुमले संघ र प्रदेशबीचको अन्तर्क्रियामा सहज हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समार्फत एकैपटक छलफल गर्न र राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमन पनि गर्न सकिनेछ ।

यस प्रविधिको प्रयोगबाट सुशासन र विकासमा महत्वपूर्ण सहयोग हुने प्रधानमन्त्री ओलीले अपेक्षा गरेका छन् ।





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १५:५०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया