नेप्से परिसूचक २.५३ बिन्दुले वृद्धि

काठमाडौं– सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबारमापक नेप्से परिसूचक २.५३ बिन्दुले बढेर एक हजार ३०५.४९ अंकमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२ बिन्दुले बढेर २७७.८१ अंकमा पुगेको छ ।

स्टकका अनुसार कुल १६४ कम्पनीको २४ लाख १२ हजार ९६२ कित्ता सेयर रु ७५ करोड ६८ लाख ९१ हजार ६१३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कुल ११ उपसमूहमध्ये बुधबार पाँच उपसमूहको सेयर घटेको छ भने सात उपसमूहको सेयर भने बढेको छ ।

होटल १६.११, निर्जीवन बिमा ३३.४७, अन्य १.३५, लघुवित्त ०.६८, जीवन बिमा ३.२८ अंकले घटेको छ । यस्तै, बैंकिङ १.७९, विकास बैंक १७.७६, जलविद्युत् १.६१, वित्त ३.३४, उत्पादन ७६.९४ र सामूहिक लगानी कोष ०.१७ बिन्दुले बढेको छ ।

कारोबारको आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १६ करोड ४४ लाख चार हजार ८३, प्रभु बैंकको १६ करोड १६ लाख ६७ हजार ७९, नेपाल बैंक पाँच करोड ९८ लाख ७६ हजार ११२, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी तीन करोड आठ लाख २० हजार १३१ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार ज्योति विकास बैंकका सेयरधनीले १० प्रतिशतले कमाए । त्यस्तै, रिलायन्स फाइनान्स ९.९२, शिवम् सिमेन्ट ९.८६, स्पर्श लघुवित्त वित्तीय संस्था ९.८३ र कन्काई डेभलपमेन्ट बैंकका सेयरधनीले ७.९५ प्रतिशतले कमाए । त्यस्तै, गुमाउनेमा माउन्टेन हाइड्रोपावर ६.६६, जोशी हाइड्रोपावर ६.३०, हिमालयन डिस्टिलरी ५, सिभिल लघुवित्त वित्तीय संस्था ४.४१ र दिव्यश्वेरी हाइड्रोपावरका सेयरधनीले ४.३४ प्रतिशतले गुमाए ।





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १६:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया