स्वास्थ्य क्षेत्रका लागि ६८ अर्ब ७८ करोड विनियोजन

काठमाडौं– आगामी आर्थिक वर्षका लागि सरकारले स्वास्थ्य क्षेत्रका लागि ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले उक्त रकम विनियोजन गरेको जानकारी गराएका हुन् । 
  
अर्थमन्त्री खतिवडाले पूर्ण खोप सबै वडामा सञ्चालन गर्ने बताउँदै बिपन्न वर्गका लागि उपचारमा सहयोग गर्न २ अर्ब अनुदान दिइने बताए । उनले ८ रोगमा सहुलियत दिने जानकारी गराए ।
 
स्तन क्यान्सरको उपचारमा सहयोग पुर्याउन लागि आवश्यक बजेटको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।
  
भक्तपुरको दुवाकोटमा वीर अस्पतालको भवन बनाउन ४० करोड बजेट विनियोजन गरिएको बताउँदै खतिवडाले तीन वर्षभित्र सबै प्रदेशमा अत्याधुनिक निदान केन्द्र सञ्चालनमा ल्याउने बताए ।
 





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १६:५४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया