पाकिस्तान प्रमले सम्हालेको त्यो पाकिस्तानी क्रिकेट टिम

एजेन्सी– आजबाट १२ औं संस्करणको क्रिकेट विश्वकप सुरु हुँदैछ । तर, अहिले यहाँ चाहिँ पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कुनै बेला सम्हालेको आफ्नो टिमबारे चर्चा गर्न गइरहेका छौँ । 

पाकिस्तानको टिम सन् १९८७ को विश्व कपको ग्रुप स्टेजमा ६ मा पाँच म्याच जित्न सफल भएको थियो । त्यो टिमले एउटा मात्र खेल हारेका थियो । वेस्ट इन्डिजले पाकिस्तानलाई ग्रुप स्टेजको अन्तिम खेलमा २८ रनले हराएको थियो । 

अन्तिम खेलमा पराजय भोगे पनि इमरान खानले कप्तानी गरेको टिम आठ वर्षपछि सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा उसले अष्ट्रेलियासँग खेल्नु पर्ने थियो । अष्ट्रेलियाले पाकिस्तानलाई ५० ओभरमा २ सय ६८ रनको लक्ष्य दियो । जवाफमा ब्याटिङ गर्न गएको पाकिस्तानले सबै विकेट गुमाएर २४९ रनमा समेटियो । 

यो हारपछि इमरान खानले क्रिकेटबाट सन्यास लिए । अब्दुल कादिरलाई टिमको कप्तान बनाइयो । उनको नेतृत्वमा टिमले पाँचमा ४ खेलमा हार व्यहोर्नु पर्यो । एउटा मात्र खेल जित्यो । यो इंग्ल्यान्डसँगको सिरिजको कुरा थियो । त्यसपछि पाकिस्तानी टिम वेस्टइन्डिजको टुरमा जाँदै थियो । तत्कालीन राष्ट्रपति जिया उल हकले टिमले नराम्रो गरेपछि इमरानलाई बोलाए र सन्न्यास फिर्ता लिन अनुरोध गरे । इमरानले पनि यो अनुरोध माने । 

त्यसपछि इमरानले सन् १९९२ को विश्वकपमा पनि टिमको नेतृत्व गरे । अष्ट्रेलिया गएको पाकिस्तानी टिमले खेलमा १० खेलमा ६ खेलमा जिक निकाल्यो । फाइनलमा पुगेको पाकिस्तानी टिमले इंग्ल्यान्डलाई हराएर पहिलो पटक विश्वकप जित्यो । जिया उल हकले इमरानमाथि गरेको भरोसा सही सावित भयो । इमरानले त्यसपछि आफूले देशका लागि सन्न्यास फिर्ता लिएको बताएका थिए ।





  • प्रकाशित मिति : जेठ १६, २०७६ बिहीबार १४:२६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया