बजेट जनताको चाहनाप्रतिकूल : कांग्रेस

काठमाडौं– संसदको प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले बुधबार ल्याएको बजेट जनताको चाहनाप्रतिकूल रहेको ठहर गरेको छ । कांग्रेस संसदीय दलको बिहीबारको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।  

सरकारले ल्याएको बजेटले जनतालाई थप ऋणको भार थोपर्ने उल्लेख गर्दै कांग्रेसले यसले रोजगारीको अवसर, मुलुकको विकास, निर्माणको कामलाई तीव्रता, उत्पादन वृद्धिलगायत महत्वपूर्ण विषयलाई प्राथमिकता नदिएको ठहर गरेको छ । 

वितरणमुखी बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने दाबी गर्दै कांग्रेस संसदीय दलले सांसदका लागि विनियोजित ६ करोड बजेट दुरुपयोग हुन सक्ने आशंका गरेको छ ।





  • प्रकाशित मिति : जेठ १६, २०७६ बिहीबार १५:१५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया