बंगलादेशः नुसरतलाई जिउँदै जलाउने १६ जनाविरुद्ध मुद्दा

एजेन्सी– बंगलादेशमा एक किशोरीलाई जिउँदै जलाएको आरोपमा १६ जनाविरुद्ध मुद्दा हालिएको छ । यो गत अप्रिल ६ को घटना हो । १९ वर्षकी नुसरत जहाँ रफीलाई उनको इस्लामिक स्कुलको छतमा लगेर मट्टीतेल छर्किएर आगो लगाइएको थियो । 

घटना हुनुभन्दा केही दिनअघि नुसरतले आफूमाथि यौना हिंसा भएको उजुरी प्रहरीमा दर्ता गराएकी थिइन् । 

उनले यो आरोप स्कुलका प्रधानाध्यापक सिराज उद दौलामाथि लगाएकी थिइन् । उनी र नुसरतलाई जलाएको आरोपमा अन्य १५ जनामाथि मुद्दा चलाइएको हो ।

नुसरतले उजुरी गर्नेवित्तिकै त्यहाँको प्रहरीले स्कुलका प्रधानाध्यापकलाई पक्राउ त गरेको थियो तर उनले नै जेलबाट नै नुसरतको हत्या गर्न आदेश दिएको हुनसक्ने अनुमान प्रहरीले गरेको । 

बंगलादेशमा यो घटनालाई लिएर निकै ठूला विरोध कार्यक्रम भएका छन् । 

६ अप्रिलमा आफ्नो परीक्षा दिन स्कुल पुगेकी नुसरतलाई उनकै साथीहरुले फकाएर स्कुलको छतमा लगेका थिए । अनि त्यहाँ उनीमाथि आक्रमण भएको थियो । उनीहरुले नुसरतले आत्महत्या गरेको आभास गराउन खोजेको प्रहरीले बताएको छ । तर, ८० प्रतिशत जलिसकेकी नुसरतले अस्पताल जाँदजाँदै आफ्नो बयान प्रहरीलाई दिएकी थिइन्, उनको कुरा भिडियोमा रेकर्ड गरिएको छ ।



बंगलादेशको राजधानी ढाकाबाट करिब १६० किलोमिटर पर पर्ने फेनीमा यो घटना भएको हो ।

१२ अभियुक्तले आफूहरुले नुसरतको हत्यामा सहयोग गरेको कुरा स्वीकार पनि गरिसकेका छन् । हत्यामा संलग्न भएको आशंका गरिएका दुई स्थानीय नेताहरुले चाहिँ यी सबै आरोप अस्वीकार गरेका छन् ।



बंगलादेशमा लामो समयसम्म विरोध भएपछि प्रधानमन्त्री शेख हसिनाले यो मुद्दामा सबैलाई न्याय हुने आश्वासन दिएकी छिन् । 

  • प्रकाशित मिति : जेठ १७, २०७६ शुक्रबार ८:५७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया