पुटिनका अधिकारीले प्रश्न सोध्दा पत्रकारलाई झापड हाने

एजेन्सी– रुसको साइबेरियास्थित सिरिंस्कीमा राष्ट्रपति भ्लादिमिर पुटिन समर्थक एक अधिकारीले पत्रकारलाई पिट्दै गरेको भिडियो भाइरल भएको छ । ती पत्रकारले सिरिंस्की जिल्लाका प्रमुख सर्गेई जाएत्सेवलाई भ्रष्टाचारबारे एउटा प्रश्न सोधेका थिए । 

प्रश्न सुनेलगत्तै सर्गेई जाएत्सेव रिसाए र रिपोर्टर इवानलाई पिट्दै भुइँमा लछारिदिए । तत्कालै यो घटना सामाजिक सन्जालमा निकै फैलिएको छ र ती अधिकारीको राजीनामा माग गरिएको छ ।

सन् २०१५ मा साइबेरियाको जंगलमा आगलागी भएको थियो । आगलागीबाट करिब १५ सय घर नस्ट भएका थिए । आगलागीमा ३० जनाको मृत्यु भएको थियो । सर्गेई जाएत्सेवलाई यही घटनामा दोषी मान्दै चार वर्षका लागि जेल पठाइएको थियो । 

तर, पछि उनलाई जेल मुक्त गरियो ।

यो घटनामा पुटिन सरकारले मुआब्जास्वरुप त्यहाँका जनतालाई ६ करोड पाउन्ड दिने घोषणा गरेको थियो । यही पैसा दुरुपयोग गरेको सर्गेई जाएत्सेवमाथि आरोप लागेको थियो । यही विषयमा ती रिपोर्टरले सोधेका थिए– के त्यो पैसाबाट तपाईंले आफ्नो घर पनि बनाउनु भएको थियो ? 

रिपोर्टरको प्रश्न सोधेपछि निकै आक्रोशित बने सर्गेई जाएत्सेव । रिपोर्टरले चाहिँ त्यो प्रश्न सोध्न छाडेनन् । त्यसपछि उनलाई सर्गेई जाएत्सेवले भुइँमा गिराइदिए ।



रुसी सरकारले सर्गेई जाएत्सेवको यो घटनामाथि अनुसन्धान गर्न नयाँ समिति बनाएको छ । यसमा उनी दोषी पाइए उनलाई छ वर्षसम्मको सजाय हुनसक्ने रुसी मिडियाले जनाएका छन् । 

उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीले सर्गेई जाएत्सेवलाई कारवाही स्वरुप पार्टीबाट निष्कासन गरेको छ ।



  • प्रकाशित मिति : जेठ १७, २०७६ शुक्रबार १०:४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया