पूर्वराजा ज्ञानेन्द्र शाहका बिजनेस पार्टनर राणाको निधन

काठमाडौं– सोल्टी होटलका अध्यक्ष तथा पूर्वराजा ज्ञानेन्द्र शाहका राजनीतिक सल्लाहकार प्रभाकर शम्शेर जबराको हृदयघातका कारण निधन भएको छ । उनको उपचारको क्रममा अमेरिकामा बिहिबार राती निधन भएको हो । 

उनी टाटा मोटर्सको नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडर्सका संस्थापक समेत हुन् । 

१० महिना यता बिरामी भएर उपचार गराइरहेका राणाको शनिबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ । एक वर्षयता न्युयोर्कमा नै रहेर उपचार गराइरहेका राणालाई केहीअघि पनि हृदयघात भएको थियो । 

राणा पूर्वराजा शाहका व्यवासायिक पार्टनर समेत हुन् ।





  • प्रकाशित मिति : जेठ १७, २०७६ शुक्रबार ११:४२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया