काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणका लागि भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच भेटवार्ता भएको छ ।
बिहिबार दिल्ली पुगेका प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको भारतीय विदेश मन्त्रालयले बताएको छ ।
भेटमा दुई देशको सम्बन्ध थप सुमधुर बनाउने प्रतिबद्धता मोदीले व्यक्त गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली आज (शुक्रबार) नै नेपाल फर्किँदै छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।