काठमाडौं– नेपाल राष्ट्र बैंकले व्यापारी अजेयराज सुमार्गीको २२ वटा बैंकका खाता रोक्का गरिदिएको छ । राष्ट्र बैंकले उनीमाथि अवैधानिक रुपमा विदेशी लगानी भित्र्याएको आरोप लगाउँदै बैंक खाता रोक्का गरेको हो ।
राष्ट्र बैंकले शुक्रबार सुमार्गी, उनको परिवार संलग्न सबै मिडिया तथा संघ–संस्थाका बैंक खातासमेत रोक्का गरेको छ । राष्ट्र बैंकले आफूमाथि अन्याय गरेको सुमार्गीले आरोप लगाएका छन् ।
अदालतको फैसला नआउँदै राष्ट्र बैंकले आफ्नो बैंक खाता रोक्का गरेको भन्दै उनले राष्ट्र बैंकको यस्तै रबैया रहे स्वदेशमा विदेशी लगानी भित्र्याउन समेत गाह्रो पर्ने चेतावनी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।