सुनको मूल्यमा भारी वृद्धि, एकैदिनमा बढ्यो १५ सय रुपैयाँ

काठमाडौं– शुक्रबार एकै दिन सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । भन्सार दर बढेसँगै सुनको मूल्य ह्वात्तै बढेको हो ।

बिहीबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आगामी आर्थिक वर्षको बजेटमा सुन तथा चाँदीलगायत बहुमूल्य धातुमा बढाइएका कारण सुनको मूल्य बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघले जानकारी दिएको छ । 

सुनको मूल्य बढ्नुमा विभिन्न कारण भए पनि मुख्य कारण भन्सार दर नै भएको संघले दाबी गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि सुनमा प्रतिकिलो ८० हजार रुपैयाँ भन्सार शुल्क बढाएको छ ।

यसअघि प्रतिकिलो सुनको भन्सार शुल्क ४ लाख २० हजार रुपैयाँ थियो भने आगामी आर्थिक वर्षका लागि प्रतिकिलो सुनको भन्सार मूल्य ५ लाख रुपैयाँ पुगेको छ ।

विवाह, ब्रतवन्धलगायत संस्कारको सिजन भएको र बजारमा सुनको माग अत्यधिक बढेका कारण पनि सुनको मूल्य बढेको हो । अहिले दैनिक औसत ३० किलो सुनको माग रहेको व्यवसायीको भनाइ छ । 



बजेटमा सुनचाँदीलगायत बहुमुल्य धातु बैंकमा निक्षेपस्वरुप राख्न सकिने व्यवस्था गरिएका कारण पनि सुनको मूल्यमा भारी वृद्धि भएको हो । 



  • प्रकाशित मिति : जेठ १७, २०७६ शुक्रबार १६:३७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया