एजेन्सी– इंग्ल्यान्डको नटिङ्हममा भएको विश्वकप क्रिकेटको दोस्रो खेलमा वेस्टइन्डिजले पाकिस्तानलाई ७ विकेटले हराउँदै सहज जित हासिल गरेको छ ।
यो खेलमा पाकिस्तान १०५ रनमा नै धरासयी बनेको थियो । मानौँ, वेस्टइन्डिजले पाकिस्तानसँगको खेल सहजै जित्नेछ ।
टस जितेर बलिङ रोजेको वेस्ट इन्डिजले खेल पनि आफ्नो पक्षमा पार्यो । सिक्स मेसिन पनि भनेर चिनिने इन्डिजका क्रिस गेलले एक्लै ५० रन बनाए । एस होपले ११ रन र पुरनल ३४ रन बनाए । वेस्टइन्डिजले ५० ओभरको खेलमा जम्मा १३.४ ओभर खेल्दै १०८ रन बनाउन सफल भयो ।
एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानको यो लगातार ११ औं हार हो । क्रिकेट समीक्षकले त यसलाई पाकिस्तानको लज्जास्पद हार बताएका छन् ।
खेलमा पाकिस्तानका ब्याट्सम्यानहरुले खासै राम्रो गर्न सकेनन् । इमामुल दुई रन बनाएर पेभेलियन फर्किए भने फखर जमान तथा बाबर आजमले २२–२२ रन बनाए । यो नै पाकिस्तानी ब्याट्सम्यानहरुको सबैभन्दा बढी स्कोर हो ।
पाकिस्तान सात ब्याट्सम्यानले स्कोर बोर्डमा दोहोरो अंक जोड्न सकेनन् ।
पाकिस्तानले ७५ रन बनाउँदा नै उसको पाँच विकेट गुमिसकेको थियो । पहिलो पावर प्लेमा ४५ रन बनाएको पाकिस्तानले तीन विकेट गुमाइसकेको थियो ।
वेस्टइन्डिजका ओ थोमसले सर्वाधिक ४ विकेट लिए । जो होल्डरले ३, एडी रसलले २ र एसएस कोट्रेलले एक विकेट लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।