अमेरिकाको भर्जिनियामा अन्धाधुन्ध गोली प्रहार, १२ को मृत्यु

एजेन्सी– अमेरिकाको भर्जिनियामा अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ । ६ जनाभन्दा धेरै घाइते भएका छन् । 

प्रहरीका अनुसार यो घटना एउटा सरकारी भवनमा भएको हो । स्थानीय प्रहरीले यो गोली चलाउने व्यक्ति त्यहाँको नगरपालिका केन्द्रका भएको र उनले आफ्नै कार्यस्थलमा अन्धाधुन्ध गोली चलाएको बताएका छन् । 

अहिलेसम्म आक्रमणकारीको पहिचान सार्वजनिक गरिएको छैन । प्रहरीले ती आक्रमणकारीको पनि मृत्यु भइसकेको बताएको छ । घटनामा एक प्रहरी पनि घाइते भएका छन् । 

प्रहरीका अनुसार यो घटना शुक्रबार स्थानीय समयअनुसार साँझ चार बजे भएको थियो । भर्जिनियाका अधिकारीहरुले यसलाई इतिहासको सबैभन्दा त्रासदीपूर्ण दिनको संज्ञा दिएका छन् ।

यो अमेरिकामा यो वर्ष भएका अन्धाधुन्ध गोली प्रहारको १५० औं घटना हो । 





  • प्रकाशित मिति : जेठ १८, २०७६ शनिबार १०:४८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया