टिचिङ अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक कलेजो प्रत्यारोपण सफल भएको छ । डा. रमेश सिंह भण्डारीको नेतृत्वमा चिकित्सकको टोलीले यो प्रत्यारोपण गरेको हो । 

नेपालमा यसअघि भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रले २ वर्षअघि नै कलेजो प्रत्यारोपण सुरु गरेको थियो । तर, यो निरन्तर हुन सकेको थिएन । 

टिचिङ अस्पतालमा चाहिँ शुक्रबार विहान ८ बजेबाट सुरु गरिएको प्रत्यारोपणको शल्यक्रिया १६ घन्टापछि सफल भएको हो । शनिबार १२ बजे सकिएको प्रत्यारोपणमा नर्ससहित ५० जना चिकित्सकीय टोली सहभागी थिए । 

यो कलेजो ३३ वर्षीय छोरीले ५८ वर्षका बुबालाई दिएकी हुन् ।

यो सफल प्रत्यारोपणसँगै अब कलेजो प्रत्यारोपणका लागि विदेश जाने बाध्यता हटेको छ । भारतमा ६० लाख वरपर पर्ने प्रत्यारोपणका लागि नेपालमा २५ लाखमा सम्भव हुने भएको छ । 

यो प्रत्यारोपणका लागि भारतको एपालो अस्पतालको टोली पनि नेपाल आएको छ । पाँच वर्षको प्रयासपछि कलेजो प्रत्योरोपणमा सफलता पाइएको डा. भण्डारीले बताएका छन् । 



उनले वार्षिक १५ वटा प्रत्यारोपण गर्ने लक्ष्य लिएको पनि बताएका छन् । 



  • प्रकाशित मिति : जेठ १८, २०७६ शनिबार ११:४५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया