धुर्मुसले भने– गलत गरेको भए झुन्डिन तयार छु

चितवन– १५ जेठमा स्थानीय नेपाल कम्युनिस्ट पार्टीका नेता प्रकाश कँडेललगायतले बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पर्खाल भत्काइदिएपछि बन्द भएको निर्माण कार्य सुरु भएको छ ।

शनिबार विहान रंगशाला निर्माणस्थलमा स्थानीय, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिकर्मीलगायतले भत्काइएको बार उठाउँदै रंगशाला निर्माण अगाडि बढाउने वातावरण मिलाएका हुन् ।

यसअघि वरपरको पर्खाल नै भत्काएपछि असुरक्षा हुँदै भन्दै निर्माणकार्य स्थगित गरिएको थियो । शनिबार विहान धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललगायत व्यक्तिहरु रंगशाला निर्माणस्थलमा पुगेका थिए ।

रंगशालामा सबै प्रतिनिधिहरुसँग कुरा गर्दै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले भने, ‘मैले गलत बोलेको छैन, गलत वा बनावटी कुरा गरेको भए म यही मैदानमा झुन्डिन तयार छु । म यहाँ नै झुन्डिएर आत्महत्या गर्छु ।’

उनले त्यहाँ आफूहरुले कहिल्यै नराम्रो गर्नेबारे नसोचेको र रंगशाला बन्दा सबैलाई फाइदा नै पुग्ने विचार आफूले लिएको बताए । उनले भने, ‘यहाँ म मेरो घर बनाउन आएको होइन, यो रंगशाला बन्दा यहाँकै व्यक्तिहरुलाई फाइदा हुने हो, म त एउटा पाहुनाजस्तो मात्र हुँ ।’

उनले रंगशालाको पर्खालमा डोजर चलाइनु विकासमाथि नै प्रहार भएको पनि बताए ।





  • प्रकाशित मिति : जेठ १८, २०७६ शनिबार १२:१९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया