नेकपाको केन्द्रीय विभागहरू गठनमा बिवाद

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को एकता प्रक्रियामा पुनःविवाद सुरु भएको छ । नेतृत्वले पार्टी एकता प्रक्रियामा फलामे ढोका फोरेर अगाडि बढ्यो भनिरहँदा फेरि विवाद उत्पन्न भएको हो । 

गत महिना जिल्ला कमिटीका अध्यक्ष र सचिवहरुको टुंगो लगाएको नेकपा यतिबेला केन्द्रीय विभागहरू गठनको तयारीमा छ जुटेको छ । यसको तयारीमा शीर्ष नेताहरु नै संलग्न भएका छन् । 

संगठन विभाग, स्कुल विभाग, विदेश विभाग, प्रचार–प्रसार विभाग र आर्थिक विभागको नेतृत्व कसले लिने भन्नेमा विवाद परेको हो ।  विभागहरुको गठनमा सहमतिको सम्भावना नभएपछि शनिबार बोलाइएको पार्टी सचिवाल वैठक पनि सरेको छ । वैठक सोमबारलाई डाकिएको छ ।

पार्टीको पोलिटब्यूरो गठनमा पनि सहमति जुटेको छैन । पार्टीका ७७ वटै जिल्लाको इञ्चार्ज र सह–इञ्चार्ज तोक्न बाँकी रहेको नेकपाले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ १८, २०७६ शनिबार १२:२०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया