होटल उद्घाटन गर्न पोखरा पुगेका प्रधानमन्त्री ओली उद्घाटन नै नगरी किन फर्किए ?

काठमाडौं– होटल उद्घाटनका लागि पोखरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन नै नगरी फर्किएका छन् । 

प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने भनिएको होटल विवादास्पद भएका कारण अन्तिम समयमा आएर उद्घाटन स्थगित भएकाे हो । 

प्रधानमन्त्री ओली पोखराको लेकसाइडमा बनेको स्विस इन्टरनेसनल होटल सरोवर उद्घाटन गर्न त्यहाँ पुगेका थिए । 

ओली होटलमा पनि पुगेका भए पनि केहीबेर बसेर यत्तिकै फर्किए ।

होटल मापदण्डविपरीत बनेको र होटलका अध्यक्ष प्रा.डा. भरतराज पहारी पनि भ्रष्टाचारको मुद्दामा मुछिएका कारण प्रधानमन्त्रीलाई सो होटल उद्घाटन नगर्न दबाब परेको बुझिएको छ ।

पोखरा महानगरले १७ मिटरभन्दा अग्लो भवन बनाउन नपाउने नियम बनाएको भए पनि सो होटल १२ तलाको बनाइएको छ ।
 





  • प्रकाशित मिति : जेठ १८, २०७६ शनिबार १४:३४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया