स्वदेश फर्किए उपराष्ट्रपति पुन

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन एक साताको अस्ट्रिया भ्रमणबाट शनिबार स्वदेश फर्केका छन् । अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान दर बेलेनको निमन्त्रणामा उनी गत आइतबार अस्ट्रिया गएका थिए । 

उपराष्ट्रपति पुनभियनामा आयोजित जलवायुसम्बन्धी आर–२० अस्ट्रियाली विश्व शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ गएका थिए । भ्रमणका क्रममा उनले अस्ट्रियाका राष्ट्रपतिसँग दुई पक्षीय छलफल गरे । 

सम्मेलनमा सम्बोधन गर्दै उपराष्ट्रपतिले जलवायु परिवर्तनको विश्वव्यापी प्रभावबाट नेपालले भोगिरहेको समस्या र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलनका लागि नेपालको पहलबारे सहभागीलाई जानकारी गराएका थिए ।  

भ्रमण टोलीमा उपराष्ट्रपतिको साथमा उनकी पत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, नेपाली राजदूतलगायत उच्च अधिकारी सहभागी थिए । 





  • प्रकाशित मिति : जेठ १८, २०७६ शनिबार १७:१८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया