सातामा साढे ४ अर्बकाे सेयर कारोबार

काठमाडौं– धितोपत्र बजारमा यस साता चार अर्ब ३३ करोड १६ लाख सात हजार ८२४ बराबरको सेयर कारोबार भएको छ । कारोबार मापक नेप्से परिसूचक १६.८६ बिन्दुले बढेको छ ।

साताको पहिलो दिन एक हजार ३०२.६१ बिन्दुमा रहेको नेप्से साताको अन्तिम दिन एक हजार ३१९.४७ बिन्दुमा पुग्यो । साताभर कुल १७४ कम्पनीको एक करोड ३६ लाख ६३ हजार २७१ कित्ता सेयर कारोबार भए । 

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन मंगलबार आठ अंकले बढेको बजार बजेट आएको दिन र त्यसको भोलिपल्ट बिहीबार भने सामान्य अंकले मात्रै वृद्धि भयो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सो दिन  कारोबार मापक नेप्से परिसूचक ११.९३ बिन्दुले घटेर एक हजार ३०२.६१ अंकमा झरेको थियो । 

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८२ अंकले घटेर २७७.५६ मा ओर्लिएको थियो । एक अर्बमाथिको कारोबार हुँदै आएको बजारमा त्यस दिन कुल १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता सेयर ६२ करोड ६२ लाख एक हजार ६ सय ६६ मूल्यमा खरिद–बिक्री भए । 

यस्तै, साताको दोस्रो सदन अर्थात् सोमबार सेयर बजारमा झिनो अंकले सुधार आयो । कारोबार मापक नेप्से परिसूचक ०.३४ बिन्दुले बढेर एक हजार ३०२.९६ अंकमा पुग्यो । नेप्से झिनो अंकले बढे पनि कारोबार रकम भने सामान्य रह्यो । कुल १ सय ७० कम्पनीको १७ लाख एक हजार ६४ कित्ता सेयर ५१ करोड ९५ लाख ५६ हजार ७ सय ९३ मूल्यमा खरिद–बिक्री भए । 



साताको तेस्रो दिन सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढ्यो । उक्त दिन कारोबार मापक नेप्से परिसूचक २.५३ बिन्दुले बढेर एक हजार ३०५.४९ अंकमा पग्यो । स्टकका अनुसार कुल १ सय ६४ कम्पनीको २४ लाख १२ हजार ९ सय ६२ कित्ता सेयर ७५ करोड ६८ लाख ९१ हजार ६ सय १३ मूल्यमा खरिद–बिक्री भए । 

बुधबार सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक ८.३९ अंकले बढ्यो । कुल १ सय ७३ कम्पनीको २६ लाख २७८ हजार ४२० कित्ता सेयर ९० करोड आठ लाख पाँच हजार ९ सय ६० मूल्यमा खरिद–बिक्री भए । 



साताको अन्तिम दिन बिहीबार एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७ सय ९२ बराबरको कारोबार भए पनि कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लाग्यो । 

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा सेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि सेयर बजारमा भने त्यसको सामान्य प्रभाव मात्रै पर्यो । 

सो दिन कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले बढेर एक हजार ३ सय १९ दशमलव ४७ अंकमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ बिन्दुले मात्रै बढेको थियो । सो दिन कुल १ सय ७४ कम्पनीको ४८ लाख ९४ हजार ६ सय ८१ कित्ता सेयर कारोबार भए । 

यस साता स्टकमा विभिन्न तीन कम्पनीका सेयर सूचीकृत भए । त्यसमा गुराँस लघुवित्त वित्तीय संस्थाको सात लाख ७५ हजार कित्ता साधारण सेयर सूचीकृत भयो । यस्तै, विजय लघुवित्त वित्तीय संस्थाको एक लाख ७७ हजार १०० कित्ता सेयर लाभांश र रिलायन्स फाइनान्सको तीन लाख एक हजार २ सय ७४ कित्ता सेयर लाभांश सूचीकृत भएको स्टकले जनाएको छ । 

कारोबारका आधारमा यस साता पनि वाणिज्य बैंककै बोलवाला रह्यो । प्रभु बैंक शीर्ष स्थानमा रहँदा शिवम् सिमेन्ट, नेपाल बैंक, माथिल्लो तामाकोशी, जनता बैंक, एनसिसि बैंक, मेघा बैंक, सिभिल बैंक, ज्योति विकास बैंक र कृषि विकास बैंकको सेयर क्रमशः बढी कारोबार भए । 

  • प्रकाशित मिति : जेठ १८, २०७६ शनिबार १८:६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया