नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को सचिवालय बैठक स्थगित भएको छ । पार्टी एकता र आन्तरिक विवाद समाधानका लागि भन्दै सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको हो । 

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच थप गृहकार्यको खाँचो रहेकाले बैठक स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  

पार्टीको पोलिटब्यूरो र केन्दीय सदस्यहरूको कार्यविभाजनको टुंगो लगाउन र पार्टीमा देखिएको आन्तरिक समस्या हल गर्न सचिवालय वैठक बोलाइएको नेकपाले जनाएको छ ।  

 





  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार ११:१३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया