जाह्नवीको छोटो कपडाले चिन्तित हुन्छिन् क्याट्रिना

एजेन्सी– बलिउड अभिनेत्री क्याट्रिना कैफ अहिले फिल्म भारतको प्रमोसनमा व्यस्त छिन् । यही क्रममा उनले निकै धेरै अन्तर्वार्ताहरु दिइरहेकी छिन् । त्यहीमध्ये एउटा अन्तर्वार्तामा क्याट्रिनाले भनेकी छिन्– मलाई जिममा जाह्नवी कपुरको छोटो कपडा देखेर चिन्ता लाग्छ । 

नेहा धुपियाको कार्यक्रममा पुगेकी क्याट्रिनाले यस्तो जवाफ दिएकी हुन् । उनलाई नेहाले जिममा अप्ठ्यारो अवस्थामा को देखिन्छन् भनेर सोधेकी थिइन् । यसको जवाफमा क्याट्रिनाले भनिन्, ‘ अरु कोही होइन, मलाई जाह्नवीको छोटो कपडा देखेर चिन्ता हुन्छ, उनी मेरो जिममा आउँछिन्, हामी सँगै वर्कआउट गरिरहेका हुन्छौँ ।’





  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार १२:५६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया