दिल्लीका मेट्रो र बसमा महिलालाई निःशुल्क यात्रा

एजेन्सी– भारतको नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले दिल्लीमा डिटिसी तथा क्लस्टर बस तथा मेट्रोमा महिलाहरुका लागि निःशुल्क यात्रा गराउने घोषणा गरेका छन् । 

केजरीवालले यो योजना दुई देखि तीन महिनाभित्र लागु गर्ने बताएका छन् । उनले टिकट काटेर यात्रा गर्न चाहने महिलाले पनि यात्रा गर्न सक्ने तर पछि त्यो टिकटको खर्च दिल्ली सरकारले व्यहोर्ने बताएका छन् । 

अरविन्दले यो कुरा दिल्ली मेट्रोमा बताइसकेको र उसले यसको तयारी सुरु गरेको पनि बताएका छन् । दिल्ली सरकारका अनुसार यसले वर्षेनी ७ सयदेखि ८ सय करोड भारतीय रुपैयाँ खर्च हुन्छ । यसको जिम्मेवारी आफूहरुले लिने केजरीवालले बताएका छन् । उनले टिकट खरिद गरेर यात्रा गर्न सक्ने महिलाले टिकट खरिद गर्दा यसको लाभ टिकट किन्न नसक्ने महिलाहरुलाई पुग्ने भएकाले त्यसमा ध्यान दिन पनि अनुरोध गरेका छन् । 

दिल्लीका सरकारी बसमा प्रत्येक दिन ४० लाख मानिस यात्रा गर्छन् । यीमध्ये ३० प्रतिशत महिला भएको अनुमान छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले यो फैसलाले महिलाको सुरक्षाका लागि पनि प्रोत्साहन हुने विश्वास लिएको बताएका छन् । 





  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार १३:३९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया