नेकपा नेता रावलले गरे सरकारको कडा आलोचना

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावलले सोमबार प्रतिनिधिसभामा बोल्दै सरकारले कोरियाली विवादास्पद विश्वविद्यालयलाई प्राथमिकता दिएको भन्दै आलोचना गरेका छन् ।  

बजेट छलफलमा भाग लिँदै उनले बजेटमा स्वदेशप्रेम, देशभक्ति र सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने विषय पाठ्यक्रममा राख्ने विषय उल्लेख भए पनि व्यवहारमा त्यस्तो नभएको भन्दै आलोचना गरेका हुन् ।

विगतमा नेपालको संस्कृतिमाथि प्रहार गरेको आरोपमा सम्झौता रद्द गरिएको तर अहिले त्यही धर्म प्रचारक विश्वविद्यालयले प्राथमिकता पाएको भन्दै उनले आलोचना गरेका हुन् ।

केही दिनअघि कोरियाको काङनाङ विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि दिएको थियो । त्रिविले सो विश्वविद्यालयसँग पाँच वर्षका लागि शैक्षिक कार्यक्रम आदान–प्रदान गर्ने सम्झौता पनि गरेको थियो । 

रावलले अमेरिकी राजदूतले कूटनीतिक मर्यादाविपरीत राजदूतसँग गफगाफ कार्यक्रम गरिरहेको तर सरकारले किन रोक्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘कुनै देशको राजदूतले भियना अभिसन्धिको विरुद्धमा खुलेआम किन काम गर्छ किन नियन्त्रण हुँदैन ?’ 
 





  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार १४:५७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया