सलमानले निर्देशन दिए, सोनाक्षीले घटाइन् तौल

काठमाडौं–  बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ३२ वर्षकी भएकी छिन् । २ जुन १९८७ मा मुम्बईमा जन्मिएकी सोनाक्षीले पहिले त अभिनयमा लाग्छु भन्ने सोचेकै थिइनन् । तर, सन् २०१० मा उनले सलमान खानको फिल्म दबंगबाट बलिउडमा इन्ट्री गरिन् । त्यति बेला उनको तौल ९० किलो थियो । सलमान खानले उनलाई तौल घटाउन निर्देशन दिएका थिए । 

उनले एक अन्तर्वार्तामा सलमान खानलाई धन्यवाद दिँदै भनेकी थिइन्– मैले सलमानकै कारणले आफ्नो तौल घटाएँ । फिल्ममा आउनकै लागि आफूले ३० किलोभन्दा धेरै तौल घटाएको उनले बताएकी थिइन् । उनले जिमसँग एलर्जी भए पनि आफूले सलमानले भनेकाले नै त्यसमा काम गरेको बताएकी थिइन् । 

तर, सोनाक्षीले कहिल्यै पनि जिम गएपछि आफ्नो तौल नाप्न चाहिँ नापिनन् । तर, उनलाई आफू विस्तारै फिट हुँदै गएको चाहिँ आभास भयो । यसका लागि पनि उनले सलमानलाई नै धन्यवाद दिन्छिन् ।





  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार १७:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया