भारतीय वायुसेनाको एएन–३२ विमान ६ घन्टादेखि बेपत्ता

नयाँ दिल्ली– १३ जना बोकेको भारतीय वायुसेनाको विमान हराइरहेको खबर बाहिरिएको छ । भारतीय मिडियामा आएका खबरअनुसार असमको जोरहटबाट उडान भरेको केही क्षणमै विमानको एयरबेससँग सम्पर्क टुटेको थियो । 

खबरअनुसार, वायुसेनाको एयरक्राफ्ट एएन–३२ हराइरहेको छ । विमानमा ८ क्रु मेम्बर र ५ यात्री सवार छन् । विमान जोरहाट एयसबेसबाट स्थानीय समयअनुसार दिउँसो १२ बजेर २५ मिनेटमा उडेको थियो । पछिल्लोपटक एयरबेससँग उसको सम्पर्क १ बजे भएको थियो । 

भारतीय वायुसेनाले विमानको खोजीमा उपलब्ध सबै स्रोतसाधन प्रयोग गरी सर्च अपरेसन चलाएको छ । विमानबारे हालसम्म कुनै सुराक मिलेको छैन । 

रक्षामन्त्री राजनाथ सिंहले यसबारे वायुसेना उपप्रमुखसँग जानकारी लिएका छन् । केहीबेरअघि ट्विटरमार्फत यो जानकारी दिँदै रक्षामन्त्री सिंहले विमानमा सवार सबै यात्रीको सुरक्षाका लागि प्रार्थना गरेका छन् । 





  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार १७:५२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया