काठमाडौं– सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर एक हजार २८९.२८ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६२ बिन्दुले घटेर २७४.८६ बिन्दुमा कायम भएको छ ।
स्टकका अनुसार कूल १७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता सेयर ७१ करोड ५४ लाख ७८ हजार ६१२ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये चार उपसमूहको सेयर उकालो लागेको छ भने आठ उपसमूहको सेयर भने घटेको छ ।
होटल ३२.६७, विकास बैंक २.४९, वित्त ०.४ र उत्पादन उपसमूह ४१.०२ बिन्दुले बढेको छ । त्यस्तै, बैंकिङ २.८७, व्यापार २.५३, जलविद्युत् ७.७९, निर्जीवन बिमा ५५.०३, अन्य ५.०२, लघुवित्त १२.४०, जीवन बिमा २५.९५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ ।
स्टकका अनुसार शिवम् सिमेन्टको सेयर सबैभन्दा बढी कारोबार भएको छ । सो कम्पनीको १२ करोड १३ लाख ११ हजार ८८९, प्रभु बैंक नौ करोड ३३ लाख ५४ हजार ४९०, नेपाल बैंक लिमिटेड चार करोड ८७ लाख ६२ हजार ४६६, तारागाउँ रिजेन्सी होटल दुई करोड ३८ लाख ५९ हजार ६९४, कन्काई विकास बैंक दुई करोड १६ लाख ७० हजार ७८३, कृषि विकास बैंक दुई करोड दुई लाख ३५ हजार २३८, माथिल्लो तामाकोशी एक करोड ९४ लाख ६ हजार १५९ र एनसिसी बैंकको एक करोड ६९ लाख ३२ हजार ७१० मा कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार तारागाउँ रिजेन्सी होटलका सेयरधनीले ६.९८ प्रतिशतले कमाए । यस्तै गुराँस लघुवित्त वित्तीय संस्था ६.८५, कन्काई विकास बैंक ५.३८, गुह्येश्वरी मर्चेन्ट बैंक ४.७२, कैलाश विकास बैंकले ३.४३ प्रतिशतले कमाए ।
त्यस्तै, जोशी हाइड्रो पावर ६.३८, मल्टीपर्पोज फाइनान्स कम्पनी ६.०८, मितेरी डेभलपमेन्ट बैंक ५.६०, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था ५.३७, मञ्जुश्री फाइनान्स ४.७२ र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले ४.२० प्रतिशतले गुमाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।