रक्षा बजेट जुटाउन आफ्नाे खर्च कटाउने पाकिस्तानी सेनाकाे निर्णय

आर्थिक संकटबाट गुज्रिरहेकाे पाकिस्तानका सेनाले आफ्नाे खर्चमा कटाैती गर्ने घाेषणा गरेकाे छ । पाकिस्तानी सेनाले आगामी वर्ष रक्षामा बजेट बढाउन आफ्नाे खर्च कटाैती गर्ने फैसला गरेकाे हाे । 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सेनाकाे याे निर्णयलाई स्वागत गरेका छन् र यसकाे जानकारी इमरानले ट्विटरमार्फत दिएका हुन् । 

प्रधानमन्त्री खानले ट्विट गर्दै भनेका छन् – ‘धेरै सुरक्षा चुनाैतिकाे बावजुद आर्थिक संकटकाे अवस्थामा सेनाले खर्च कटाैती गर्न गरेकाे निर्णयकाे म स्वागत गर्छु । यसबाट बचाइएकाे रुपैयाँ बलुचिस्तान र कबायली क्षेत्रमा खर्च गर्नेछाैं ।’ 

यसपछि पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफ्फुरले ट्विट गर्दै एक वर्षकाे डिफेन्स बजेटमा कटाैती गर्दा देशकाे सुरक्षामा कुनै असर नहुने बताएका छन् । 

पाकिस्तान ट्रिब्यून पत्रिकाले अर्थ मन्त्रालयलाई उदृ्त गर्दै आगामी आर्थिक वर्षकाे अनुमानित रक्षा बजेट १‍.२७० ट्रिलियन रुपैयाँ रहेकाे छ र जुन आर्थिक वर्षकाे रक्षा बजेटभन्दा १७० अरब रुपैयाँले बढी छ । 



यस बजेटमा पूर्व सैनिककाे पेन्सन,रणनीतिक खर्च र स्पेशल सैन्य प्याकेजमा हुने खर्च समावेश छ । 



  • प्रकाशित मिति : जेठ २२, २०७६ बुधबार १३:४२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया