बजेटमा मानव संसाधनको विकासमा जोड दिइएको छ : अर्थमन्त्री

काठमाडौं– गत जेठ १५ गते सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमाथि विभिन्न टीकाटिप्पणी भएरहँदा अर्थमन्त्री खतिवडाले सो बजेटको बचाउ गरेका छन् । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासलाई तीव्रता दिने उद्देश्यका साथ सरकारले मानव संसाधनको विकासलाई उच्च प्राथमिकता दिएको दाबी गरेका छन् ।  

बुधबार काठमाडौंमा भुटान–नेपाल ह्युमन क्यापिटल फोरमद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा गत वर्षको तुलनामा बजेट वृद्धि गरेको बताए । मानव संसाधनको विकासलाई प्राथमिकतामा राखेर यी क्षेत्रमा बजेट वृद्धि गरिएको उनको भनाइ छ । 

तीव्र आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न सरकारले मानव संसाधन विकास कार्यक्रममा केन्द्रित हुनुपरेको पनि बताउँदै अर्थमन्त्री खतिवडाले भुटान र नेपालले मानव संसाधनको विकासमा सहकार्य गरेर काम गर्न सक्ने बताए ।





  • प्रकाशित मिति : जेठ २२, २०७६ बुधबार १३:५०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया