काठमाडौं– नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले विदेशी कालिगढले सुन पसलका ग्राहक पहिचान गरेर आफ्नो कारखानामा लगि कम ज्यालामा गहना बनाइदिन्छु भन्दै लोभ्याउने गरेको बताएका छन् ।
बुधबार फरकधारसँग कुरा गर्दै अध्यक्ष लकान्द्रीले कालिगढको यस्तो कामले सुनचाँदी व्यवसाय धरापमा पर्ने बताएका हुन् ।
लकान्द्रीले भने, ‘व्यवसाय सञ्चालन गरेर व्यवसायकै निम्ति काम गर्नुको सट्टा ग्राहक पहिचान गरेर आफ्नो कारखानामा बोलाएर साहुकोभन्दा सस्तो ज्यालामा ग्राहकलाई प्रलोभन देखाउने गरेका छन् ।’
अध्यक्ष लकान्द्रीले कालिगढको क्रियाकलापले सुनचाँदी व्यवसायमा विकृति फैलेको बताउँदै कानुन बनाएर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
यसबाट स्वदेशी कालिगढ निराश हुने उनको भनाइ छ ।
नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले यस किसिमका गतिविधिलाई रोक्ने लकान्द्रीले बताए । लकान्द्रीले विदेशी कालिगढले पान नम्बर लिएर राजश्वको दायरामा आएर कारखाना चलाउनुपर्ने बताए ।
लकान्द्रीले यसलाई रोक्नका लागि सबै संघसंस्था एकजुट भएर नलागे सुनचाँदी क्षेत्रको भविष्य अन्योलमा पर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।