एजेन्सी– विश्वका सबैभन्दा दुई धनी व्यक्ति के गर्दा हुन् ? उनीहरु कुनै रेष्टुरेन्टमा काम गर्न पुगे भन्ने कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर, अमेरिकामा यस्तै भएको छ । माइक्रोसफ्टका कोफाउन्डर बिल गेट्स र वर्कसायर हाथवेका चेयरमेन वारेन बफेटले आइसक्रिम तथा फास्टफुड रेस्टुरेन्ट डेरी क्विनमा कर्मचारीको झैं काम गरेका छन् । गेट्सले यसको भिडियो मंगलबार सेयर गरेका छन् ।
बिल गेट्स र वारेन बफेट मिलेर गरेको यो काम खासमा गत महिनाको हो । तर, गेट्सले यसको भिडियो यो महिना मात्र सेयर गरेका छन् । बफेट त यो रेस्टुरेन्टका सन्चालक पनि हुन् । उनको कम्पनीले यो चेन रेस्टुरेन्ट सन् १९९८ मा खरिद गरेको थियो ।
गेट्स अहिले विश्वका दोस्रो धनी व्यक्ति हुन् । बफेट धनीको सूचीमा चौथों नम्बरमा आउँछन् । यी दुवै विश्वका सबैभन्दा बढी दान गर्ने व्यक्ति पनि हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।