नेकपाका अध्यक्षद्वयले गृहकार्यका लागि समय मागेपछि सचिवालय बैठक स्थगित

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठक स्थगित भएको छ । जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गर्न गृहकार्य नपुगेको भन्दै वैठक स्थगित भएको नेकपा स्रोतले जनाएको छ । सचिवालय बैठक बिहीवार बिहान ९ बजेका लागि तय गरिएको थियो ।  

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहकार्यका लागि समय मागेपछि बैठक स्थगित भएको बताइएको छ । मंगलवार र बुधवार लगातार बसेको बैठकमा सहमति जुट्न नसकेपछि बैठक बिहीवारसम्मको लागि स्थगित गरिएको थियो ।  

पार्टीका नेताहरूलाई दाहोरो जिम्मेवारी दिने कि नदिने भन्ने विषयको  विवादले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन सकस परेको हो ।   
 





  • प्रकाशित मिति : जेठ २३, २०७६ बिहीबार १३:१७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया