धाेनी ६०० पारीमा विकेट किपिङ गर्ने एक्लो खेलाडी, स्टम्पिङकाे शीर्षमा बराबरी

लन्डन– भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी ६०० पारीमा विकेट किपिङ गर्ने विश्वकै एक मात्र खेलाडी बनेका छन् । एकदिवसीय विश्वकपअन्तर्गत बेलायतको लन्डनस्थित रोज बल क्रिकेट स्टेडियममा हिजो भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा धोनीले यो रेकर्ड बनाएका हुन् ।

धोनीपछि सबैभन्दा धेरै विकेट किपिङ गर्नेमा दक्षिण अफ्रिकाका मार्क बाउचर छन् । उनले ५९६ पारीमा विकेट किपिङ गरेका छन् । तेस्रो स्थानका कुमार सांगाकारा (श्रीलंका) ले ४९९ म्याचमा विकेट किपिङ गरेका छन् । 

६००औँ पारीमा विकेट किपङ गर्दा धोनीले अर्को महत्वपूर्ण रेकर्ड पनि भेटे । युजवेन्द्र चहलको बलमा दक्षिण अफ्रिकाका अलराउन्डर एन्डिले फेहलुकवायोलाई स्टम्प आउट गर्दै धोनीले सबैभन्दा धेरै स्टम्पिङ गर्नेमा पाकिस्तानका पूर्वविकेटकिपर मोइन खानको रेकर्डसँग बराबरी गरे । लिस्ट ‘ए’ क्रिकेटमा यो उनको १३९औँ स्टम्पिङ हो ।

विश्वकपमा भने यो उनको ३३औँ स्टम्पिङ हो । विश्वकपमा धेरै स्टम्पिङ गर्नेमा न्युजिल्यान्डका ब्रान्डम म्याकुलम (३२ स्टम्पिङ) लाई पछि पार्दै धोनी तेस्रो स्थानमा उक्लिएका छन् । उनीभन्दा अघि श्रीलंकाका कुमार सांगाकारा (५४ स्टम्पिङ) र अस्ट्रेलियाका एडम गिलक्रिस्ट (५२ स्टम्पिङ) छन् । 





  • प्रकाशित मिति : जेठ २३, २०७६ बिहीबार १५:४२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया