छोरी बलात्कारीलाई १९ वर्ष कैद
साङ्केतिक तस्वीर

हेटौंडा– नबालिका छोरी बलात्कार गरेको आरोप लागेका एक बाबुलाई दोषी ठहर गर्दै जिल्ला अदालत मकवानपुरले १९ वर्ष कैद गर्ने फैसला सुनाएको छ । ती बाबुलाई ७५ हजार रुपैयाँ क्षतिपूर्तिस्वरुप भराउनु पर्ने पनि अदालतले सुनाएको छ ।

जिल्ला न्यायाधीश खडानन्द तिवारीको बिहिबार बसेको इजलाशले नाबालिकलाई बलात्कार गरेकोमा ९ वर्ष र हाडनातामा करणी गरेकोमा १० वर्षसहित १९ वर्ष कैद सजाय सुनाएको हो । 

१३ वर्षीया छोरीलाई बाबुले बारम्बार बलात्कार गरेको आरोप लागेको थियो । बालिकाले २०७५ साल पुस २२ गते छिमेकीलाई यो घटना सुनाएपछि अपराध सार्वजनिक भएको थियो । छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले त्यसको भोलिपल्ट २३ पुसमा पक्राउ गरेको थियो । 

ती नाबालिकाकी आमाले अर्कैसँग विवाह गरेपछि बाबुले छोरीमाथि बलात्कार गर्न थालेका थिए ।





  • प्रकाशित मिति : जेठ २३, २०७६ बिहीबार १७:१७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया