अमेरिकी युवतीले २१ वर्षमा १९६ देश घुमेर विश्व रेकर्ड राखिन्

वाशिंगटन– अमेरिकाकी युवती लेक्सी अल्फाेर्ड २१ वर्षकाे उमेरमा १९६ देश घुम्ने पहिलाे युवा बनेकी छन् । उनले आफ्नाे यात्राकाे रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्डलाई बुझाइसकेकी छन् । 

लेक्सीभन्दा पहिला सबैदेश घुम्ने रेकर्ड केसी द पेकाेलकाे नाममा थियाे । लेक्सीका अनुसार उनकाे परिवारकाे क्यालिफाेर्नियमा एक ट्राभल एजेन्सी थियाे । उनका बुवाआमाले प्रत्येक वर्ष स्कुलबाट निकालेर केही हप्ता बाहिर पढ्न पठाउँथे । यहीबाट आफूलाई विश्व घुम्न प्रेरणा मिलेकाे लेक्सी बताउँछिन् । 

लेक्सीले २०१६ मा विश्वका देशहरु घुम्न सुरु गरिन् । उनले १८ वर्षमा ७२ देश घुमीसकेकी थिइन् । 

लेक्सीले यात्रामा कुनै स्पाेन्सर नखाेजी आफ्नै पैसा खर्च गरेकाे बताउँछिन् । उनले विश्वकाे भ्रमण गर्न १२ वर्षकाे उमेरदेखि बचत गर्न सुरु गरेकी थिइन् । 

पाकिस्तान र भेनेजुएला प्राकृतिक रुपमा निकै सुन्दर भएकाे बताएकी छन् । पश्चिम र मध्य अफ्रिका भिसा र पर्यटनका लागि इन्फ्रास्ट्रक्चरकाे काम हुन बाँकी रहेकाे र भाषाकाे समस्या झेल्नु परेकाे अनुभव सेयर गरेकी थिइन् । 





  • प्रकाशित मिति : जेठ २४, २०७६ शुक्रबार १०:५३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया