ट्रम्पलाई जेल हाल्नु पर्छ –नेन्सी पेलाेसी

वाशिंटन– अमेरिकी संसदकाे तल्लाे सदन हाउस अफ रिप्रिजेन्टेटिभकी अध्यक्ष नेन्सी पेलाेसीले डेमाेक्रेट्स सांसदसँगकाे मिटिङमा राष्ट्रपति डाेनाल्ड ट्रम्पविरुद्ध महाभियाेग (इम्पीचमेन्ट) लगाउन जरुरी नभएकाे बताएकी छन् । उनले ट्रम्पलाई महाभियाेग नलगाई जेल हाल्नु पर्ने अभिव्यक्ति दिएकी छन् । 

अमेरिकी पत्रिका पाेलिटिकाेले बिहीबार आफ्नाे रिपाेर्टमा यसबारे उल्लेख गरेकाे छ । 

पेलोसीले मेक्सिकाे सीमामा पर्खाल लगाउन ट्रम्पलाई फन्ड दिएकाे विराेध गर्दै आएकी छन् । पेलाेसी २०२० काे राष्ट्रपतिकाे चुनावमा डाेनाल्ड ट्रम्पकाे हार हाेस् र ट्रम्पविरुद्ध अपराधिक मुद्दा लगाइयाेस् भन्ने चाहन्छिन् । 

रिपाेर्टका अनुसार मिटिङमा पेलाेसी र ज्युडिसियरी अध्यक्ष जेरी नेडलरबीच बहस भएकाे थियाे । नेडलर ट्रम्पलाई अभियाेग लगाएर कारबाही गर्ने माग गरिरहेकी थिइन् तर पेलाेसी भने ट्रम्पलाई महाभियाेग नलगाइ जेल हाल्ने पक्षमा देखिइन् । 

डेमाेक्रेट्सले ट्रम्पले २०१६ काे राष्ट्रपतीय चुनावका क्रममा नियम उल्लंघन गरेकाे आराेप लगाएका छन् । ट्रम्पकाे प्रेसिडेन्सियल इलेक्शनभन्दा अगाडि दुई महिलालाई पैसा दिएकाे केसमा राष्ट्रपतिलाई आराेपी मानिएकाे छ । ती महिलाले ट्रम्पसँग आफ्नाे सम्बन्ध भएकाे दाबी गरेका थिए । ट्रम्पले विदेशी सरकारसँग फन्ड लिएर संविधानकाे उल्लघंन गरेकाेसमेत आराेप लगाइएकाे छ । 

अमेरिकी राष्ट्रपतिमाथि अभियाेग लगाउन राष्ट्रपतिकाे विरुद्धमा पर्याप्त सांसद तथा दलकाे समर्थन हुनुपर्छ । हालै गरिएकाे सर्वेक्षणले धेरै अमेरिकी ट्रम्पमाथि महाभियाेग नलगाउने पक्षमा रहेकाे पाइएकाे छ । 



एक रिपब्लिकन सांसदले महाभियाेगका लागि समर्थन गरेका छन् । यसकारण ट्रम्पमाथि महाभियाेग लगाउन नसकिने अवस्था रहेकाे पेलाेसीकाे तर्क छ । 

ह्वाइट हाउसका डाइरेक्टर अफ स्ट्रेटजिक कम्युनिकेसन्स मर्सडिज श्लापले पेलाेसीले ट्रम्पलाई जेल हाल्ने कुरा आश्चर्यजनक भनाइ भएकाे र डेमाेक्रेट्स अतिवादी भएकाे बताएका छन् । 



  • प्रकाशित मिति : जेठ २४, २०७६ शुक्रबार १३:१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया