दुबईमा पर्यटक बस दुर्घटना, आठ भारतीयसहित १७ जनाको मृत्यु

दुबई– दुबईमा पर्यटक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । ओमनबाट इद मनाएर दुबई फर्किरहेकाहरु सवार बस दुर्घटना भएको हो । 

सो बसमा एसिया तथा युरोपका विभिन्न देशका नागरिकहरु सवार रहेको बस्ुझिएको छ । बस सडकमा रहेको रोड साइनसँग ठोक्किएपछि दुर्घटना भएको दुबई प्रहरीले जनाएको छ। मृत्यु हुने आठजना भारतीय नागरिक रहेको बताइएको छ।

सवारी चालकले सडकमा रहेका साइनबोर्डमाथि ध्यान नदिँदा दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।   न्यूनतम गतिभन्दा बढी गतिमा गाडी चलाएका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । 

सवारी चालकले पनि आफूले सडक सुरक्षाका लागि राखिएको साइन बोर्ड नदेखेको स्वीकार गरेका छन् । 





  • प्रकाशित मिति : जेठ २४, २०७६ शुक्रबार १५:०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया