काठमाडौं– गायक सन्तोष लामा नयाँ गीत लिएर आएका छन् । मंसिर बोलको उनको गीत शुक्रबार युट्युबबाट सार्वजनिक भएको हो ।
गीतमा एउटा युवाले एउटी युवतीलाई इम्प्रेस गर्न गीत गाउने, नाच गान गाउने अनेक तरिकाहरु अपनाउँछ । तर, ऊ सफल हुँदैन ।
यो गीतमा टिकटकबाट छाएकी अमिता गुरुङ पहिलोपटक म्युजिक भिडियोमा देखिएकी छिन् । अमितासँगै सन्तोष लामाले पनि भिडियोमा अभिनय गरेका छन् । भिडियोमा नयाँ डान्स क्रू वाइजर इराको पनि आकर्षक नृत्य समावेश गरिएको छ ।
एकतारेकाे शब्द रहेकाे पप जानराको यो गीतमा सुशान्त गौतमले संगीत दिएका छन् भने शैलेन्द्रमान प्रधानले संगीत संयोजन गरेका छन् ।
साउन्ड इन्जिनियर फिरोज ब्रजाचार्यको कुशल मिक्सिङ रहेकाे गीतको म्युजिक भिडियो स्वयं सन्तोष लामाले नै निर्देशन गरेका हुन् ।
गीतको कोरियोग्राफी विकास गुरुङ, छायांकन उत्तम हुमागाईँ, ध्वनि सम्पादन विकास धमालाले गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।